Shikhar Insurance
National Life

२९.८७ अंकले बजार बढ्दा कारोबार रकम १० अर्ब माथि

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ५, सोमबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक २९.८७ अंकले बढेर २७२७.९१ मा पुगेको हो ।

सोमबार ३०२ कम्पनीको १ करोड ८० लाख ८१ हजार १६८ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४ करोड ९६ लाख ५४ हजार ८ सय ३२ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबा १६६ कम्पनीको सेयर मूल्य बढ्दा ७४ कम्पनीको घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

सोमबार नेपाल रि इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३२ करोड ६४ लाख ३५ हजार ३५५ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता न्युनतम मूल्य १ हजार ११ रुपैयाँ रहेको छ ।

सोमबार ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्