Shikhar Insurance
National Life

दोहोरो अंकले बढ्याे सेयर बजार, कारोबार रकम ९ अर्ब ४७ करोड बढी

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ४, आईतवार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.५६अंकले बढेर २६९८ को बिन्दुमा पुगेर बन्द भएको छ ।

आइतबार ३ सय ९ कम्पनीको २ करोड ९ लाख ८४ हजार ४ सय ४० कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४७ करोड ३ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार १ सय ७६ कम्पनीको सेयर मूल्य बढ्दा ६३ कम्पनीको घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आइतबार म्युचुअल फण्ड र ननलनइफ इन्स्योरेन्सको सेयर मूल्य घटेको छ भने अन्य कम्पनीकोको सेयर मूल्य बढेको छ ।

आइतबार एनआरएन इन्फ्रस्ट्रक्रको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३३ करोड ५४ लाख रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ४ सय ११ रुपैयाँ पुगेको छ ।

साथै, आइतबार ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्