Shikhar Insurance
National Life

एमालेको उद्योग विभागले उद्योग भन्यो, ‘अध्यादेशको स्वागत गछौं, अब रुग्ण उद्योग चलाउनुपर्यो’

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २, शुक्रबार २१:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागका प्रमुख मोतिलाल दुगड सहितको टिमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग भेट गरेको छ । अहिलेको समसामूहिक विषयलाई केन्द्रित गरेर मन्त्रालयमा शिष्टाचार भेट गरेको हो ।

भेटमा नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले सरकारको संस्थानको रुपमा रहेका उत्पादनमूलक उद्योगहरु संचालनको मोडालिटी तय गर्न आग्रह गरेको छ । धेरै राम्रा उद्योगहरु रहेपनि तिनीहरुले प्रतिफल दिन नसकेको भन्दै सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा संचालनको तयारी गर्न समेत सुझाव दिएको हो । विभाग प्रमुख मोतिलाल दुगडले बुटवल धागो उद्योग, हेटौडा कपडा उद्योग, गोरखकाली रवर उद्योग, जडीबुटी कम्पनी, नेपाल औषधी लिमिटेड जस्ता देशको मुहारनै फेर्न सक्ने सम्भावना रहेका संस्थानहरु भए पनि प्रतिफल दिन नसकेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले यस उद्योगहरुमा रहेका सम्पत्ति सरकारको नाममा सेयर कायम हुने गरि निजी क्षेत्रलाई संचालनको जिम्मेवारी दिनुपर्ने सुझाव दिए । त्यस्तै गरि सरकारले अध्यादेश मार्फत ऐनहरु संशोधन गरेको विषयमा विभाग प्रमुख मोतिलाल दुगडले प्रसंशा व्यक्त गरे ।

उनले भने,‘ निजी क्षेत्रले राखेको माग र अर्थतन्त्रसँग जोडिएको समस्या हल गर्ने गरि संशोधन भएको छ । त्यसको हामी स्वागत गर्दछौं । साथै अध्यादेश मार्फत निजी क्षेत्रको भवना बुझेर अध्यादेश आएकोमा सरकारलाई धन्यवाद समेत दिन चाहन्छौं ।’ निजी क्षेत्रको तालुकदार मन्त्रालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नै रहेकोले सबै किसिमको समस्या समाधान गर्न र समाधानको विषयमा छलफल गर्न यहि आउने समेत उनले बताए ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओली, उद्योग मन्त्री दामोदर भण्डारी लगायत अहिलेको सरकारले देशलाई नै गतिदिने गरि काम गरेकोमा खुसी व्यक्त गरे । भेटमा मन्त्री भण्डारीले अब बजेट बनाउने काम सुरु हुन लागेको छ । त्यो समयमा निजी क्षेत्रले के चाहेको हो र त्यो यथार्थ हो कि हैन त्यसलाई बुझेर अघि बढ्ने बताए ।

मन्त्रालय सुधार कार्यक्रममा लामो छलफल समेत हुँदा निजी क्षेत्र किन नआएको भनेर उनले प्रश्न समेत गरे । बजेटमा सधै निजी क्षेत्रले राम्रो छ भनेर स्वागत गर्ने तर पछि कार्यन्वयनको क्रममा विरोध गर्ने गरेको छ यो चाहि नराम्रो परम्परा नै रहेको जिकिर गरे । आगामी बजेटको क्रममा अर्थमन्त्रालयलाई दिने कर लगायतको परामर्शको तयारीको लागि एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागलाई सुझाव पत्र नै ल्याउन समेत आग्रह गरे । अहिलेको सरकारले धेरै राम्रो काम गरेको भन्दै उनले औद्योगिक क्षेत्रहरुको समस्या हल गरेको र त्यसलाई निजी क्षेत्रको साझेदारीमा संचालन गर्न समेत भनिसकेको जानकारी दिए । भेटमा उद्योगी व्यवसायी किशोर प्रधान लगायतले आफ्नो भनाइ राखेका थिए ।

प्रधानले पछिल्लो समय उद्योगी व्यवसायीहरु टिक्न नै नसक्ने अवस्थामा रहेको कारण पुँजी पलायनको काम भैरहेको समेत अवगत गराए । व्यवसायिक वातावरण बिग्रदै गएको कारणले सरकारले ध्यान दिनपर्ने उनको भनाइ थियो । सो क्रममा पूर्व मन्त्री समेत रहेका नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख दुगडले उद्योगहरुको कच्चा पदार्थदेखि तयारी वस्तुहरुमा समेत रहेको कर व्यवस्था सुधार गर्न आग्रह गरेका छन् । त्यस्तै गरि उद्योग मन्त्रालयहरुका निकायहरुमा मन्त्री आफैले ‘मोनिटरिङ’ गर्नुपर्ने बताएका थिए । यसमा मन्त्री भण्डारीले पछिल्लो समय कुनै पनि निकायमा फाइल एक टेबलमा ७ दिन भन्दा बढि राखेमा कारवाही हुने व्यवस्था गरिसकेको जानकारी दिए । उनले भने,‘हामी सर्वसाधारण तथा उद्योगी व्यवसायीको विषयमा चिन्तित गरेको र समस्या समाधान गर्न र देशलाई उन्नती तर्फ अघि बढाउनको लागि नै काम गरिरहेका छौं ।’

आजको छलफलमा मन्त्री भण्डारीहितको टिम र उद्योगी व्यवसायीहरु बसेर समस्या समाधानको लागि अन्तरक्रिया कार्यक्रम गर्ने , एक आफसमा समय समयमा छलफल गर्ने सहमति भएको छ । सो क्रममा मन्त्री भण्डारीले जायज समस्या समाधानको लागि आफु सधै समय दिने र जुन सुकै ठाउँमा समेत जाने वाचा गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्