Shikhar Insurance
National Life

पार्टीभित्रको व्यक्तिवादको समस्या रुपान्तरण अभियानले हटाउँछ: उपाध्यक्ष श्रेष्ठ

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २, शुक्रबार १६:४०
Hyundai
NCELL
NIMB

चितवन । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्रको गुट उपगुट तथा व्यक्तिवादको समस्या रुपान्तरण अभियानबाट हल गर्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा पार्टीलाई रुपान्तरण र एकताबद्ध ढङ्गले अघि बढाउन सकिने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले माओवादी केन्द्रलाई बलियो बनाउँदै देशको आर्थिक समृद्धि र विकासको प्रक्रियामा फड्को मार्न सकिने उल्लेख गरे । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारको टिका टिप्पणी गरेर समय खेर नफाल्न आग्रह गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्