Shikhar Insurance
National Life

नयाँ टाटा सफारी अब नेपालमा, कति पर्छ मूल्य ?

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १, बिहीबार १८:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले प्रिमियम एसयूभी नयाँ टाटा सफारी नेपाली अटो बजारमा सार्वजनिक गरेको छ ।

७ सिट क्षमताको यस गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता र अत्याधुनिक प्रविधिको बेजोड सम्मिश्रण रहेकोे कम्पनीले जनाएको छ । शक्तिशालि एवं आकर्षक एसयूभी रुचाउने ग्राहकहरुलाई नयाँ सफारीले आकर्षित गर्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नयाँ टाटा सफारीको नेपालमा विक्री वितरण बारे सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ भन्छन्, ँहामी नेपाली बजारमा प्रिमियम फ्लैगशिप एसयूभी नयाँ सफारीको विक्री वितरण गर्न पाउँदा अत्यन्त हर्षित भएका छौं । ल्याण्ड रोभरको डिड प्लेटफर्ममा आधारित ओमेगाआर्क आर्किटेक्चरमा तयार पारिएको यस गाडीको डिजाईन कार्य क्षमताको दृष्टिकोणले उत्कृष्ट छ । नेपाली ग्राहकहरुको बदलिंदो आकांक्षा एवं जीवनशैलीसंग मेल खाने यस गाडी, लक्जरी ७ सिटर खोजिरहनु भएको ग्राहकहरुको पहिलो रोजाईमा पर्नेमा हामी विश्वस्त छौ ।ँ

कम्पनीका अनुसार नयाँ टाटा सफारीमा डुअल–जोन पूर्ण स्वचालित एयर कन्डिसनिङ, मेमोरी र वेलकम सुविधा सहित ६ वटा तरिकाले समायोजन गर्न मिल्ने ड्राइभर सिट र अगाडि भेन्टिलेटेड सिट जस्ता विशेषताहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, टाटा सफारीको यस नयाँ मोडेलमा १२.३० इन्चको हर्मन टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ९ वटा जेबिएल स्पिकर (४ स्पिकर + ४ ट्वीटर + सबउफर), मुड लाइटिङसहितको भ्वाइस असिस्टेड प्यानोरामिक सनरूफ, र ११ वटा प्रमुख विशेषता सहितको एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम लगायतका सुविधाहरु यस गाडीमा उपलब्ध छन् ।

सुरक्षामा ग्लोबल NCAP बाट ५ स्टार रेटिंग प्राप्त गरेको नयाँ टाटा सफारी नेपाली बाटोको लागि सुरक्षित रहेको सिप्रदीले जनाएको छ । यस्तै, ३६०ड्ढको सराउन्ड भ्यु सिस्टम, वायरलेस चार्जर, अटो होल्ड फिचर सहितको इलेक्ट्रोनिक पार्क ब्रेक, जेस्चर कन्ट्रोल्ड पावर्ड टेलगेट, ७ वटा एयरब्याग रहेको नयाँ टाटा सफारीको शुरुवाती मूल्य १ करोड २१ लाख ९९ हजार रहेको छ ।

सिप्रदीको नेपालभर रहेका टाटा मोटस्का शो–रुमहरु मार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभको लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्