Shikhar Insurance
National Life

सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकम ७ अर्ब ९२ करोड

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १, बिहीबार १५:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले घटेकाे छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक परिसूचक ७.२६ अंकले घटेर २६७८.४७ मा पुगेकाे हाे ।

बिहिबार ३०२ कम्पनीको १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँ कारोबार भएको छ ।बिहिबार ७६ कम्पनीको सेयर बढ्दा १६२ कम्पनीको सेयर घटेको छ भने ६ कम्पनीकाे सेयर स्थिर रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज विकास बैंक, फाइनान्स, लगानी र जीवन बीमा समूहको परिसूचक बढ्दा अन्य समूहका परिसूचक घटेका छन् । सबैभन्दा धेरै गिरावट व्यापारमूलक समूहमा भएको छ ।

आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, मातृभूमि लघुवित्त र पोखरा फाइनान्सको सेयरमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्