Shikhar Insurance
National Life

छ महिनामा काभ्रेमा २ सय ५२ अभियुक्त पक्राउ, प्रविधिमैत्री सुरक्षामा थप कडाई गर्नुपर्ने माग

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १, बिहीबार १२:१७
Hyundai
NCELL
NIMB

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ महिनाको अवधिमा विभिन्न अपराधिक घटनामा सम्लग्न दुई सय ५२ जनालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

कार्यालयद्वारा सार्वजनिक गरिएको चालु आर्थिक बर्षको अर्धबार्षिक प्रतिवेदनमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी यूनिटद्वारा उक्त सङ्ख्याका अभियुक्त पक्राउ भएको जनाइएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रतिवेदन अनुसार गत साउन महिनादेखि पौष मसान्तसम्म जिल्लामा घटेका ३ सय १ अपराधिक घटनामा २ सय ५२ जना अभियुक्त पक्राउ परेका हुन् ।

यस्तै प्रतिवेदनमा शान्ति–सुरक्षा अपराध नियन्त्रण र विपद् ब्यवस्थापनअन्र्तगत भएका विभिन्न घटनाको विश्लेषण सहितको तथ्याङ्क सार्वजनिक गरेको जनाइएको छ ।

विश्लेषणात्मक रुपमा सार्वजनिक गरिएको प्रतिवेदनमा अपराधको प्रकृति तथा संलग्न व्यक्ति, सुरक्षा–अवस्था तथा चुनौतिलगायतबारे आम नागरिकलाई जानकारी रहोस् भन्ने उद्देश्य राखिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए ।

‘सुरक्षा ब्यवस्था कडा बनाउने हाम्रो जिम्मेवारी त छँदैछ, थर सुरक्षा अवस्था र घटनाको विश्लेषणबाट आम नागरिक र सरोकारवालाबाट थप सुझाव आओस् भन्ने उद्देश्य पनि हो’, प्रजिअ ढकालले भने ।

उनका अनुसार जिल्लामा घटनाहरुको प्रकृति विष्लेषण गर्दा प्रविधिमैत्री सुरक्षामा थप कडाई गर्नुपर्ने देखिएको छ । ढकालले भने, ‘प्रविधिको विकाससँगै विकृत शैलीमा घटना भएको देखिएका छन्, यसलाई गम्भीरतापूर्वक लिएका छौँ ।’

कार्यालयको तथ्याङ्क अनुसार यही अवधिमा सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने दुर्घटनामा परी ७८ जना घाईते भए । जिल्लामा तीन जनाको हत्या भएको तथ्याङ्कले देखिएको छ ।

५७ जनाले आत्महत्या गरेको तथा प्राकृतिक प्रकोपका ४९ घटनामा ८१ ज्नाले ज्यान गुमाउनुपर्‍यो । यस्तो घटनामा ९७ जना घाईते भएका थिए ।यस्तै, यही अवधिमा एक सय ३ जना विशिष्ठ ब्यक्तिले काभ्रेपलाञ्चोक भ्रमण गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

३ सय २५ पसल तथा व्यापारिक संस्थाको अनुगमन गर्दा ६ फर्मलाई जरिवाना गरिएको छ भने १ सय ३२ वटा पसलबाट सामान जफत गरी ५५ हजार जरिवाना गराईएको जनाइएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय धुलिखेलमा चालु आर्थिक वर्षको ६ महिनामा १० करोड ८३ लाख राजश्व सङ्कलन भएको छ । यसबीचमा सहिद परिवारलाई रु ७६ लाख ८० हजार भुक्तानि गरिएको छ । २३ करोड ८० लाख विपद्मा प्रभावित परिवारलाई राहत वितरण गरिएको सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्