काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंककले संस्थापक सेयरधनीको नामा रहेको ८ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ सय ११ रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्दा सेयरधनीहरुले कम्तीमा १ लाख २५ हजार र बढीमा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी फागुन ९ गतेसम्म गोप्य शिलाबन्दी बोलपत्र मार्फत बैंकको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिट लिमिटेड नक्साल काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्