Shikhar Insurance
National Life

खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न

सिंहदरबार संवाददाता
२०८१ माघ ३०, बुधबार १७:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । खानेपानीको थोक प्राणालीको पाइप फुट्दा काठमाडौंको बबरमहल क्षेत्र जलमग्न भएको छ । आज दिउँसो विद्युत् प्राधिकरणले विद्युतका तारहरू अण्डरग्राउण्ड गर्नका लागि ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि सो क्षेत्र जलमग्न भएको हो ।

काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख टीकाबहादुर चौधरीले विद्युत्का तारहरू अण्डरग्राउण्ड गर्नका लागि ‘होेरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको राससलाई जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने ‘पाइप फुटेपछि पानी वितरण गर्ने भल्ब बन्द गरी पाइप सफा गर्नेकाम (वास आउट) भइरहेको छ । हालसम्म पानी बग्न भने रोकिएको छैन ।’ पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालतसहित वरपरका सरकारी भवन जलमग्न बनेका थिए भने केही सवारीसाधन डुबानमा समेत परेका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्