काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.८६ अंकले बढेर २६८५.७३ मा पुगेको हो ।
बुधबार ३ सय ७ कम्पनीको १ करोड ५५ लाख २० हजार ५ सय ५९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार ६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार उपकार लघुवित्त र सुपर मादी हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज रसुवाmगढी हाइड्रोपावरकोे ६.३० प्रतिशत, एनएमबी ५० कोे ७.९७ प्रतिशत सहित १२४ कम्पनीको सेयर घटेको छ ।
प्रतिक्रिया दिनुहोस्