Shikhar Insurance
National Life

हिमालयन रि इन्स्योरेन्सकाे नाफा साढे ६१ कराेड बढी, प्रतिसेयर आम्दानी कति ?

सिंहदरबार संवाददाता
२०८१ माघ ३०, बुधबार १२:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले ६१ करोड ६९ लाख ६७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सर्वजनिक वित्तीय विवरणमा यस्तो देखिएको हो ।

अघिल्लो आवको तुलनामा कम्पनीको खुद नाफा २.३६ प्रतिशतले बढी हो । अघिल्लो आवसोहि अवधिमा कम्पनीले ६० करोड २७ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो अवधिमा कम्पनीको कुल बीमा शुल्क २ अर्ब ५० करोड ६७ लाख रुपैयाँ रहेको छ । ६ महिनामा कम्पनीको खुद बीमाशुल्क २ अर्ब २९ करोड रहेको छ ।

यो अवधिमा कम्पनीको चुक्ता पूँजी १० अर्ब ४० करोड रहेको छ भने रिटन अर्निङ ४५ करोड ५५ लाख रहेको छ ।

६ महिनासम्म कम्पनीको प्रतिसेयर आम्दानी ११.७४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ६१.५७ पैयाँ रहेको छ । सो अवधिमा कम्पनीको पिई सेसियो ६७.२८ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्