Shikhar Insurance
National Life

लाभांश प्रस्ताव पारित गर्न आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले बोलायो साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ माघ ३०, बुधबार ११:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार ६३९.२० रुपैयाँको कुल ९.७३६८ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्न सभा बोलाएको हो ।

कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २५ गते भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बस्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायबाटै कुनै फेरबदल गर्न निर्देशन भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिले प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ।

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्च पनि सभाले अनुमोदन गर्नेछ। सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्ने कम्पनीले जनाएको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। फागुन १० गतेसम्म नेप्से कारोबारमा कायम सेयरधनीहरु मात्रै कम्पनीको साधारण सभामा भाग लिन पाउँने कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्