काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार छापावाला सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ९३० रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदी १ हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्