Shikhar Insurance
National Life

‘बजेट एक चम्चा घ्यू एक हजार जनालाई बाँडेजस्तो’

सिंहदरबार संवाददाता
२०८१ माघ २९, मंगलवार १७:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ईश्वरबहादुर रिजालले चालु आर्थिक वर्षको बजेट विनियोजन कुशलता नदेखिएको बताएका छन् । सीमित स्रोतलाई अत्यधिक विनियोजनमुखी हुनेगरी बजेट आएको उनले बताएका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसद रिजालले भने, ‘चालु आर्थिक वर्षको बजेट एक चम्चा घ्यू एक हजार जनालाई बाँड्नेजस्तो भयो । सङ्घ सरकारले बनाउने बजेट वितरणमुखी भयो ।’ उत्पादन बढाउने र न्यायोचित वितरण गर्ने कुरालाई बजेटको प्राथमिकतामा राख्न नसकेको उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संसदको प्रभावकारितामाथि पनि उनले प्रश्न उठाए । आज प्रतिपक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको अवरोधका कारण केही समय बैठक स्थगित भएको थियो । सांसद रिजालले संसदलाई प्रभावकारी र नतिजामुखी बनाउन सबै दल जिम्मेवार हुुनुपर्ने बताए । ‘संसद भनेको नीतिको थलो हो, जिद्दीको थलो होइन । संसद् नियमनको थलो हो, तथानामको थलो होइन’, उनले भने । जिम्मेवार भएर आफ्ना अभिव्यक्ति राख्नुपर्ने र संसदलाई मर्यादित बनाइनुपर्ने उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्