काठमाडौं । साताको तोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.५४ अंकले बढेर २६८३.८६ को बिन्दुमा पुगेर बन्द भएको हो ।
मंगलबार २ सय ९९ कम्पनीको ७ अर्ब २४ करोड ६२ लाख २१ हजार २ सय ६० रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार सिईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३६ करोड ८१ लाख ८२ हजार रुपैयाँ बढी कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य २ हजार १ सय १५ रुपैयाँ पुगेको छ ।
साथै, न्यादी हाइड्रोपावर, यूनाइटेड मोदी हाइड्रोपावर, एनआरएन इन्फ्राष्टक्चर, शप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्