Shikhar Insurance
National Life

विशाल बजारको १४ प्रतिशत लाभांश घोषणा, साधारण सभा फागुन २८ गते

सिंहदरबार संवाददाता
२०८१ माघ २९, मंगलवार ११:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । विशाल बजार कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले १४ प्रतिशत अन्तरिम नगद लाभांश घोषणा गरी अर्थ मन्त्रालयको सहमति अनुसार अन्य सेयरधनीहरूलाई वितरण गर्ने भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, कम्पनीले लाभांशसहित विभिन्न प्रस्ताव पारित गर्न फागुन २८ गते त्रिभुवन आर्मी अफिसर क्लव काठमाडौंमा बस्ने गरी वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको सभाले सर्वोच्च अदालतको र उच्च अदालत पाटनबाट आदेश तथा फैसाला बमोजिम कम्पनी रजिष्ट्रार कार्यलयमा अभिलेखिकरण गरिएको कम्पनीको सेयर पुँजी ४ अर्ब १ करोड रुपैयाँ अनुमोदन गर्ने, कम्पनी ऐन, २०६३ अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको ढाँचा परिवर्तन र पसलकवलसँग सेयर गाभी स्वत: नविकरण हुने गरेको सम्झौता खारेज गर्नेछ ।

यस्तै, सभाले अध्यक्षबाट प्रस्तुत हुने सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यस्तै लेखा परीक्षकद्वारा लेखा परीक्षण सम्पन्न भएको कम्पनीको आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्मको आर्थिक विवरण तथा लेखा परीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्ने कम्पनीले जनाएको छ ।

सभाले सञ्चालक समितिवाट नियुक्त लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन र आर्थिक वर्ष २०८०र०८१ र २०८१/०८२ को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्नेछ ।

साथै सञ्चालक समितिको आर्थिक वर्ष २०७५/७६ सम्मको भत्ता एवं सुविधाहरु अनुमोदन र सोको निरन्तरता दिने कम्पनीले जनाएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्