काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले दोस्रो त्रैमाससम्म ३४ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
दोस्रो त्रैमाससम्म कम्पनीले ९७ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ६८ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म १६ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १३ करोड ४१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
२६ करोड ६६ लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ४४ करोड २९ लाख रुपैयाँ र अन्य इक्विटीमा १० अर्ब ३५ करोड २३ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी १ सय ३०.०२ रुपैयाँ, नेटवर्थ ६ हजार ३२२.८३ रुपैयाँ, तरलता अनुपात २.३० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्