काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले दोस्रो त्रैमाससम्म १४ करोड १८ लाख ३२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा १३ करोड ६६ लाख २५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा ५८ करोड ५२ लाख ५० हजार रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ६३ करोड ६६ लाख ८१ ह्जार रुपैयाँ र अन्य इक्विटीमा ४९ करोड ६६ लाख २० हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा १ खर्ब २७ अर्ब २७ करोड ९४ लाख ८१ ह्जार रुपैयाँ रहेको छ भने अघिल्लो वर्ष सोही अवधिमा जीवन बीमा कोषमा १ खर्ब १३ अर्ब ४६ करोड ५३ लाख ७९ हजार रुपैयाँ रहेको थियो।
त्यस्तै, कम्पनीको कुल बीमा शुल्क ९ अर्ब ४५ करोड ९९ लाख ४२ हजार रुपैयाँ, खुद बीमाशुल्क ९ अर्ब ४० करोड ५१ लाख ८९ हजार रुपैयाँ रहेको छ भने सेयरपुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी (ईपीएस) १०.६९ रुपैयाँ, पीई रेसियो १९७.८३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४२.४६ रुपैयाँ रहेको छ।
प्रतिक्रिया दिनुहोस्