Shikhar Insurance
National Life

बझाङको साइपालमा एभरेष्ट बैंकको नयाँ शाखा, गभर्नर अधिकारीले गरे उद्घाटन

सिंहदरबार संवाददाता
२०८१ माघ २८, सोमबार १५:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंक लिमिटेडको नयाँ शाखा उद्घाटन गरेका छन् । उनले सोमबार बैंकको शाखा कार्यालय उद्घाटन गरेका हुन् ।

उक्त शाखाको उद्घाटनसँगै ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको वित्तीय सेवा विस्तार भएको छ । मुलुक संघीय संरचनामा गएसँगै नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई सबै स्थानीय तहमा शाखा पुर्याउन निर्देशन दिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भौगोलिक तथा पूर्वाधार विकासकोे हिसाबले पनि अति दुर्गम मानिने मोटर बाटोको समेत पहुँच नभएको ७, ८ घण्टा को पैदल यात्रा गरी पुग्न सकिने यो पालिकामा शाखा कार्यालय खोलि संचालनमा ल्याउने जस्तो कठिन तथा चुनौतीपूर्ण कार्य सफल हुन सकेकोमा बैंकले खुशी व्यक्त गरेको छ ।

उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको यस शाखाको स्थापनासँगै सङ्घीय राष्ट्रको सम्पुर्ण पालिकामा बंैक पुर्याउने सरकारी लक्ष्यले पुर्णता पाएको बताए ।

साथै, अब सानेतिनोे बैकिङ सेवाको लागी पनि सदरमुकाम धाउनुपर्ने साइपाल बासीको बाध्यताको अन्त्य भएको बताउँदै अन्य सुविधाहरु पनि बिस्तारै गाँसिदै आउने र यस क्षेत्रको समग्र आर्थिक क्रियाकलाप समेत चलायमान हुने विश्वास व्यक्त गरे ।

देशकै अग्रणी बैंकको रुपमा स्थापित यस बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि बढ़न गई समग्र आर्थिक बिकाशमा थप टेवा पुग्ने बिश्वास बैंकले लिएको छ ।

उक्त समारोहमा साईपाल गाउँपालिकाका अध्यक्ष मानविर बोहोरा, एभरेस्ट बैंक लिमिटेड संचालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग ,नेपाल राष्ट्र बैंकका निर्देशक केशव बहादुर के.सी., साईपाल गाउँपालिकाका सबै वडाका वडाअध्यक्षहरु, एभरेष्ट बैंक सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख श्री उज्वल पोख्रेल, नेपाल सरकार तथा स्थानीय सघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरु लगायत स्थानीयबासीको उत्साहजनक उपस्थिती रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्