काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.९८ अंकले घटेर २६७७.३२ को बिन्दुमा पुगेर बन्द भएको हो ।
सोमबार ३ सय २२ कम्पनीको ६ अर्ब ९६ करोड २ लाख ९२ हजार २ सय ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
सेयर बजार दोहोरो अंकले घटेपनि सोमबार नेपाल रिपब्लिक मिडिया को सर्वाधिक कारोबार भएको छ । कम्पनीको २४ करोड ४४ लाख रुपैयाँ बढी कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य ६ सय ३ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्