Shikhar Insurance
National Life

ओलीले सत्ता नछाड्ने संकेत, बढाईयो सुरक्षा सतर्कता

सिंहदरबार संवाददाता
२०७८ असार २८, सोमबार १४:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । सर्वाेच्च अदालतको फैसला अनुसार पदमुक्त भैसकेका प्रधानमन्त्री केपी ओलीले सत्ता नछाड्ने संकेत गरेका छन् । ओलीले आफु निकट कार्यकर्ताहरुलाई सडक आन्दोलनमा पठाएर सत्ता नछाड्ने संकेत गरेका हुन् । सर्वाेच्च अदालतले आगामी २८ घण्टा भित्रै काँग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरिसकेको छ । तर ओली निकट युवाहरुले भने अदालतको आदेश नमान्ने र कार्यान्वयन पनि नहुने भन्दै आन्दोलन थालेका हुन् ।

प्रधानमन्त्री केपी ओलीका पक्षबाट अदालतमा बहस गरेका वकिलहरुले पनि अदालतको आदेश सरकार र राष्ट्रपतिले नमान्ने अवस्था आउन सक्ने चेतावनी दिएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ओलीले केहि समय अघि सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेर संकटकालको सम्भावना समेत देखाएका थिए । सर्वाेच्च अदालतको फैसला अनुसार राष्ट्रपति विद्या भण्डारीले शेर बहादुर देउवालाई सपथ ग्रहण नगराएको खण्डमा देशमा द्धैध सत्ताको सम्भावना रहनेछ ।

ओली निकट युवा नेता महेश बस्नेतले फैसला कार्यान्वयन नहुने भन्दै देशभर आन्दोलन आव्हान गरेका छन् । काठमाडौंको माइतीघरमा ओली पक्षिय केहि कार्यता भेला भएर अदालत विरुद्ध नाराबाजी गरिरहेका छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्