काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसदबाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला भइनसकेको बताएका छन् ।
अध्यादेश पास गर्नका लागि सत्तापक्षको सङ्ख्या पुग्ने वा नगपुग्ने भन्ने सम्बन्धमा आज सङ्घीय संसद भवन परिसरमा सोधिएको प्रश्नबारे संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले संसद्को सङ्ख्या गन्ने बेला आइनसकेको बताएका हुन् ।
संसदको हिउँदे अधिवेशन सुरु हुनुअघि सरकारले विभिन्न मितिमा छ वटा अध्यादेश जारी गरेको थियो । संसद नियमावलीअनुसार संसद् बैठक सुरु भएपछि अध्यादेशहरू पेस गर्नुपर्ने प्रावधान छ ।
प्रतिक्रिया दिनुहोस्