काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको देखिएको छ । कम्पनीले सार्वजनिक गरेको आव २०८१/८२ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरणमा कम्पनीका अधिकांश सूचकहरूमा उल्लेख्य वृद्धि भएको छ ।
कम्पनीले कर तिरेपछिको नाफा १३ करोड ८५ लाख रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षको पुससम्ममा कम्पनीको करतिरेपछिको नाफा १८ करोड ८८ लाख ८२ हजार रुपैयाँ पुगेको छ । गत आवको पुससम्मा कम्पनीको यस्तो नाफा १ करोड ६० लाख २९ हजार रुपैयाँ थियो ।
६ महिनासम्ममा कम्पनीको व्यापार ४ अर्ब ८४ करोड ३५ लाख ७२ हजार रुपैयाँ पुगेको छ भने २ करोड ३३ लाख ४० हजार रुपैयाँ अन्य आम्दानी गरेको छ । गत आवको पुससम्ममा कम्पनीले ४ अर्ब ८२ करोड ९० लाख ९० हजार रुपैया बराबरको व्यापार गरेको थियो भने सो समयमा अन्य आम्दानी ८० लाख ९६ हजार रहेको थियो ।
सो अवधिमा कम्पनीको कुल खर्च ४६ करोड ८७ लाख ५४ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने ४२ करोड ५६ लाख ८८ हजार रहेको थियो ।
चुक्तापुँजी १ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको रिलायन्स स्पिनिङ मिल्सको अन्य इक्विटी ५ अर्ब ५३ करोड ४५ लाख ७८ हजार रुपैयाँ पुगेको छ । गत आवको पुससम्ममा अन्य इक्विटी ५ खर्ब ३१ करोड १३ लाख ४२ हजार रुपैयाँ थियो ।
सो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) २२ रुपैयाँ १९ पैसा कायम भएको छ । गत आवको पुसमा कम्पनीको इपीएस १.८८ रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस्