Shikhar Insurance
National Life

अनेरास्ववियूको अध्यक्ष बने महेश श्रेष्ठ, महासचिवमा पराजुली

सिंहदरबार संवाददाता
२०८१ माघ २५, शुक्रबार १६:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एकिकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन भएका छन् । शुक्रबार पार्टी कार्यालयमा आयोजित संगठनको केन्द्रिय कमिटी बैठकले श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो । यसअघि उनी संगठनका महासचिव थिए । पार्टीले एक व्यक्ति एक पदको अवधारणा अघि सारेपछि आरति लामालाई अखिलबाट बिदा गरिएको थियो ।

त्यस्तै, संगठनको महासचिवमा राजन शर्मा पराजुली चयन भएका छन् । उनी यसअघिसम्म संगठनको कार्यालय सदस्य थिए । श्रेष्ठले राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पसबाट विद्यार्थी राजनीति आरम्भ गरेका थिए भने पराजुलीले पोखराको पृथ्वीनारायण क्याम्पसबाट विद्यार्थी राजनीति आरम्भ गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

श्रेष्ठलाई कुशल संगठक तथा व्यवस्थापक मानिन्छ भने पराजुलीले प्रखर वक्ताको छवि बनाएका छन् ।

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने तयारी गरेको छ । स्ववियु निर्वाचनबाट संगठनलार्य थप शक्तिशाली बनाउने प्रतिवद्धता उनीहरुले व्यक्त गरेका छन् । विद्यार्थी आन्दोलनको पुनसंरचनामा पनि आफुहरुको योगदान रहने उनीहरुको भनाई छ ।

अशोक थापा, कल्याण दाहाल, किशोर टण्डन, मेघनाथ चापागाईँ, भुपेन्द्र शाह, मिलन राई, दिनेश लो, डम्बर सिंह, नरेश न्यौपाने र राजकिशोर यादव उपाध्यक्ष बनेका छन् । कार्यालय सदस्यमा उत्तर खड्का, सुमन कार्की, प्रकाश श्रेष्ठ, रमा रेग्मी र प्रमिलामा चयन भएका छन् । सातै प्रदेशका प्रमुखहरुलाई स्वत: कार्यालय सदस्यको जिम्मेवारी दिईएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्