काठमाडौं । राजस्व अनुसन्धान विभागलाई गम्भिर आरोप लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मातहत रहने यस विभागले प्रधानमन्त्रीको नाम लिदैं साना तथा ठूला व्यापारीसँग चर्को रकम असुली गरेको आरोप लागेको हो ।
सत्ताधारी दल नेकपा एमालेकै सासंद अमृतादेवी अग्रहरीले राजस्व अनुसन्धानले साना व्यापारीलाई समेत दु:ख दिने गरेको बताएका हुन् । बिहिबार (माघ २४ गते) प्रतिनिधि सभामा बोल्दै भनेका छन्, “म सरकारको ध्यानाकर्ण गराउन चाहान्छु, नेपाल र भारतको सिमामा साना साना व्यापारीहरुमाथी राजस्व अनुसन्धान विभागबाट धेरै अन्याय भैरहेको छ । साना साना व्यापारीहरु जसको बोर्डरमा घर छ के उनीहरु नेपाली होइनन् । साना साना काम गरेर जिविका चलाइरहेका व्यपारीहरुमाथी राजस्व अनुसन्धान विभागले धेरै अन्यय गरिरहेका छन् । २० कुन्टल तोरी लिएर उनीहरु बिक्री गर्न उनीहरु बुटवल जादाँ अनुसन्धान विभागका टोलीले समातेको रैछ । अनि राजस्व अनुसन्धान कार्यालयमा लगेर तोरी पनि फिर्ता गर्यो मान्छे पनि फिर्ता गर्यो सो वापत ३० लाख रुपैयाँ तिर्नु पर्यो ।”
२० कुन्टल तोरी छुटाउन ३० लाख रुपैयाँ राजस्व अनुसन्धान विभागलाई तिर्नु परेको सासंद अग्रहरीले आरोप लगाएका छन् । राजस्व अनुसन्धानले करोडौं रुपैयाँ उठाइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र दिङदेनले आरोप लगाएका छन् ।
लिङदेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै शुक्रबार (माघ १९ गते) प्रतिनिधि सभामा भनेका छन्, “तपाई अन्तर्गतको राजस्व अनुसन्धान विभाग भन्ने छ, त्यसले अहिले पनि यो प्रधानमन्त्री मातहतको कार्यालय हो, हामी प्रधानमन्त्री मातहतमा छौं, अरु कुनै नेतालाई नभन्नु, कुनै नेतालाई भन्नु भो अझै दु:ख पाउनुहुन्छ भन्दै व्यापारीहरुलाई सताएर पैसा उठाइरहेको छ । सबैलाई थाहा छ अहिले कुन व्यापारीकोमा छापा मार्यो भने बिल नमिलेको सामान छैन होला बोर्डरबाट छाडिदिएको छ मिलेमतोमा त्यति मात्रै होइन खुला बोर्डरको फाइदा पनि उठाएको छ अनि गएर प्रधानमन्त्री अन्तर्गतको त्यो राजस्व अनुसन्धान विभागले छापा मार्ने नि सल्लाह गर्न आउ भन्ने काम त अहिले पनि भैरहेको छ । यो कुरा म प्रधानमन्त्रीलाई भन्न चाहान्छु । तपाईका वरिपरीका मान्छेहरुले नियुक्तिमा करोड-करोड अफर गरिरुहेका छन् तपाईले धक्कुका साथ भन्नु भो म भ्रष्टाचार गर्दिन। गर्न दिन्न तर तपाईले गर्नुहुन्छ या गर्नु हुन्न तर तपाई वरिपरिकाले गरिहरेका छन् । मलाई लाग्छ उहाँ सूचनाबाट विमुख हुनुहुन्छ । पञ्चतन्त्रको राजा जस्तो की पापीहरुले नदेख्ने धर्मात्माहरुले मात्रै देख्ने लुगा लगाएर तपाईहरु हिडिराख्नु भएको छ । त्यो पालकको काम मैले गरिरहेको छु तपाईहरु नाङगो हुनुहुन्छ । अहिले पनि भ्रष्चाचार व्याप्त छ। निर्माण व्यवसायीको भुक्तानीमा पनि पैसा उठाइरहेका छन्।”
पछिल्लो समय सासंदहरुले राजस्व अनुसन्धानमाथी निरन्तर प्रश्न उठाइरहेका छन् । सेवा निवृत्त हुन केहि महिना मात्रै बाँकी रहेका छन् महानिर्देशक चण्डी घिमिरेमाथी महत्वकाँक्षा बढ्दै गएको आरोप लाग्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्