Shikhar Insurance
National Life

२५ करोड रुपैयाँ ब्याजमा लगाउँदै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव पेश गर्न आह्वान

सिंहदरबार संवाददाता
२०८१ माघ २५, शुक्रबार १२:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाहरुमा ब्याजमा लगाउँने भएको छ । बैंकले माघ २५ गते (शुक्रबार) एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुमा २५ करोड रुपैयाँ ब्याजमा लगाउँने जनाएको हो ।

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २० करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेपका रूपमा लगानी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

२०८१ फागुन ६ गतेदेखि २०८२ फागुन ६ गतेदेखिसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपको रुपमा लिन चाहेको रकम खुलाई माघ २८ गतेसम्ममा ब्याजदर प्रस्ताव गर्न बैंकले आह्वान गरेको छ ।

उक्त निक्षेप लिन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको हुनुपर्ने बैंकले जनाएको छ ।

त्यस्तै, निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको, खुद तरल सम्पत्ति बैंकले तोकेको न्युनतम सीमा कायम गरेको र कर्जा निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको बैंकहरुमा लगानी गर्ने राष्ट्र बैंकले सूचना मार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्