काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २४ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनश शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल ७.८९४७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरण र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि लगानीकर्तामा वितरण हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्