काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ११.६४ अंकले घटेर २६९९.८१ म पुगेको हो ।
बिहिबार ३१५ कम्पनीको १ करोड ८६ लाख ८० हजार ३ सय ९२ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार २ सय ८७ रुपैयाँ कारोबार भएको छ ।
बिहिबार उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ७.८९ प्रतिशत, एनआईसी एशिया सेलेक्ट फण्डको ४.९० प्रतिशत, रावा इनर्जी डेभलपमेन्टको ४.७० प्रतिशत सहित १८९ कम्पनीकोे सेयर घटेको छ ।
प्रतिक्रिया दिनुहोस्