काठमाडौं । पाथीभरा मन्दिरमा केवलकार निर्माणको विषयलाई लिएर बैकमाथी आक्रमण हुनु गलत भएको राष्ट्र बैंकका निर्देशक गुरुप्रसाद पौडेलले बताएका छन् । पौडेलले उक्साहटमा उच्छृङखल गतिविधिमा नलाग्न आग्रह गरेका छन् ।
निर्देशक पौडेलले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘पाथीभरा केवलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क” वर्गको वाणिज्य बैंक – ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार ग़लत हो, कसैको उक्साहटमा त्यस्ता उच्छृखल गतिविधिमा संलग्न नहुंदा राम्रो ।’
पाथीभरा केवलकार निर्माणमा केहि बिचौलिया समुहहरु सक्रिय हुदाँ काम रोकिएको छ । ती बिचौलियाहरुले चन्द्रप्रसाद ढकालको नाम जोडेर ग्लोबल आईएमई बैंक माथी समेत आक्रमण गर्न सुरु गरेका हुन् । बिचौलिया गिरोहहरुले सामाजिक संजालमा ग्लोबल आईएमई बैंकमा खाता बन्द गर्ने भन्दै अभियान लचाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्