Shikhar Insurance
National Life

धितोपत्र बोर्डले खाेल्याे मर्चेन्ट बैंकरकाे लाइसेन्स

सिंहदरबार संवाददाता
२०८१ माघ २३, बुधबार १८:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मर्चेन्ट बैंकहरुलाई अनुमतिपत्र दिने भएको छ । ६ वर्ष देखि रोकिएको अनुमतिपत्रको वितरण आज एक विज्ञप्ती जारी गर्दै बोर्डले सुरु गर्ने जनाएको हो ।

‘२०७५ साउन ८ गतेदेखि मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र हालसम्म स्थगित गरेको हुँदा उक्त अनुमतिपत्र प्रदान गर्ने कार्य अहिले पुन: सुचारु गरिएको हो । ’

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘बोर्डले मर्चेन्ट बैंकिर नियमावली, २०६७ बमोजिम मर्चेन्ट बैंकिङ्ग व्यवसाय अन्तर्गतको निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेशन सेवा सञ्चालन गर्ने मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र प्रदान गर्ने कार्य बोर्डको मिति २०७५ साउन ८ को निर्णयानुसार हालसम्म स्थगित रहेकोमा उक्त अनुमतिपत्र प्रदान गर्ने कार्य पुन : सुचारु गरिएको छ’ सुचनामा उल्लेख छ ।

साथै, नियमावली बमोजिमको अनुमतिपत्र प्राप्त संस्थाले सार्वजनिक निष्कासन गर्न चाहेमा नियमावली बमोजिमको व्यवसाय सञ्चालन गरेको दश वर्ष पूरा गरिसकेको तथा कम्तीमा एक अर्ब चुक्ता पुँजी कायम रहेको भए ३० प्रतिशत भन्दा कम नहुने गरी नियमानुसार धितोपत्र सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्था गरेको छ ।

बाेर्डले जारी गरेकाे विज्ञप्ती 

GBIME

प्रतिक्रिया दिनुहोस्