काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले साढे २ लाख बढी कित्ता सेयर बिक्रीमा ल्याएको छ। संस्थाले सेयरधनीहरुको नाममा रहेको २ लाख ५९ हजार ७२३ कित्ता सेयर बिक्रीमा लयाएको हो ।
यो शेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। यसअघि संस्थाका संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको सेयरमा आंशिकमात्रै खरिद आवेदन परेको संस्थाले जनाएको छ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ। सेयर खरिद गर्न इच्छुकहरुले यो सूचना प्रकाशन भएको ७ दिनभित्र काभ्रेको साँगास्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने संस्थाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्