Shikhar Insurance
National Life

बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता तान्दै राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०८१ माघ २३, बुधबार १०:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) बजारबाट ३५ अर्ब रुपैयाँ उठाउने भएको छ । बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैंकले माघ २३ गते ३५ अर्ब रुपैँया उठाउन लागेको हो ।

२० दिन अवधीका लागि राष्ट्र बैंकले उठाउन लागेको ३५ अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले फागुन १३ गते फिर्ता पाउनेछन् । क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा नि: शेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोल कबोलका माध्यमबाट निर्धारण हुनेछ । अर्थात् सबै भन्दा थोरै ब्याजदर कबोल गर्ने बैंक तथा वित्तिय संस्थाको निक्षेप राष्ट्र बैंकले स्वीकार गर्ने राष्ट्र बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्