Shikhar Insurance
National Life

‘नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउन एचपिभी खोप अभियान सुरु’ मन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०८१ माघ २२, मंगलवार १४:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनका निम्ति सरकारले शुरुवात गरेको बताएका छन् ।

मंगलबार विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको एचपिभी खोप अभियान कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले निरोगी नेपाल बनाउने सरकारको अभियान रहेको भन्दै निरोगी नेपाली बनाउनको लागि यस्ता खालका अभियान सञ्चालन गर्दै जाने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनको निम्ति शुरुवात गरिएको दाबी गर्दै अहिले कक्षा ६ देखि १० सम्मका पढ्ने तथा १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई खोप प्रदान गर्ने बताए ।

मन्त्री पौडेलले नेपालका धेरै महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट पीडित भएर मुत्यु भएको भन्दै भविष्यमा नेपाली महिलाहरुले त्यो अवस्थामा भोग्नु नपर्ने गरी सरकारले अहिलेदेखि अभियान चलाएको उल्लेख गरे ।

उनले प्रत्येक दिन ६ जना महिला मुत्यु हुनेमा अहिले पनि चार जना महिला पाठेघरको मुखको क्यान्सरका कारण मुत्यु भएको तथ्याङ्क रहेको उल्लेख गरे । उनले वर्तमान अवस्थालाई न्युनिकरण गर्नका निम्ति प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका निरोधात्मक क्षेत्रमा सरकारले काम शुरु गरेको उल्लेख गरे ।

मन्त्री पौडेलले एचपिभी खोप विश्वमा परिक्षण गरेर सफल भएको खोप भएकाले स्वास्थ्यमा कुनैपनि असर नगर्ने बताउँदै भने, ‘यो खोपले मानिसहरुलाई कुनै पनि असर गर्दैन । परीक्षणबाट सफल भएको खोप हो । बिमारीलाई उपचार गर्ने दायित्व राज्यको हो । बिमारी बढ्दै गएको अवस्थामा क्षमता भन्दा बढी दायित्व वहन गर्न सजिलो हुँदैन । त्यसैले बिमारी हुन दिनको लागि खोपको व्यवस्था गरिएको हो । नेपालीलाई निरोगी कसरी बनाउन सकिन्छ । नयाँनयाँ समस्याहरु आइरहेका छन् । जलवायु परिवर्तनको प्रभाव बढेको छ । वातावरण परिवर्तनको प्रभाव बढेको छ । अखाद्य वस्तुको कारणले रोग बढ्ने स्थिति देखिएको छ ।’

‘नेपालीलाई निरोगी बनाउन सरकारले कस्ता अभियान चलाउन आवश्यक छ । एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वार्थ बनाउनको निम्ति सुरुवात गरिएको हो । भविष्यमा महिलाहरुले त्यस्तो अवस्था भोग्नु नपरोस भनेर खोप सुरु गरिएको हो । अहिले प्रत्येक दिन ६ जना महिला मुत्यु हुनेमा चार जना पाठेघरको मुखको क्यान्सरका कारण मुत्यु भएको तथ्याङ्क वास्तविकता हो । त्यसलाई न्युनिकरण गर्दै हुन नदिनको निम्ति प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका लागि निरोधात्मक क्षेत्रमा काम सरकारले शुरु गरी सकेको छ’ उनले बताए ।

उनले सरकारले हरेक रोगको निरोधात्मक क्षेत्रमा काम गर्ने अभियानका रुपमा योजना बनाएर अघि बढेको बताउँदै कक्षा ६ देखि १० सम्मका सबै छात्राहरुलाई खोप पुर्‍याउन सबैले सहयोग आवश्यक रहेको जनाए ।

उनले विभिन्न कारणले विद्यालय भन्दा बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका सबै किशोरीहरुलाई खोप उपलब्ध गराउनुपर्ने बताए । उनले यो खोप हरेक वर्ष कक्षा ६ देखि १० सम्मका र कक्षा ६ देखि १० सम्मका किशोरीहरुलाई उपलब्ध गराउने बताए ।

उनले १० देखि १४ वर्ष उमेर समूहको संख्या करिव १७ लाख रहेको भन्दै सबैलाई सरकारले खोप उपलब्ध गराउने उल्लेख गर्दै सरकारले १७ लाख भन्दा बढी खोपको व्यवस्था गरिसकेको उल्लेख गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्