Shikhar Insurance
National Life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाे साधारण सभा फागुन १५ गते, के-के छन् एजेण्डा

सिंहदरबार संवाददाता
२०८१ माघ २२, मंगलवार १०:४७
Hyundai
NCELL
NIMB

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३८औं साधारण सभा बोलाएको छ । कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार फागुन १५ गते काठमाडौंको प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभा गृहमा बिहान १० बजेदेखि आव्हान गरेको हो ।

बैंकले गत आवको लागि शेयरधनीहरुलाई लाभांश नदिने भएको छ । साविक नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जर भएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले हालसम्म सेयरधनीलाई कुनै लाभांश दिएको छैन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको गत असारमा समाप्त भएको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्नेछ ।

बैंकको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेड र एनआइएमबि स्टक मार्केट्स लिमिटेड समेतको आव २०८०/८१ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव पनि साधरण सभाले पारित गर्नेछ ।

यसैगरी सभामा आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षण नियुक्त गर्नेछ । संस्थापक सेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।

सभामा साधारणले नियमनकारी निकायबाट कुनै संशोधन वा परिवर्तन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै, साधारण सभा प्रयोजनका लागि बैंकले माघ २९ गतेदेखि साधारण सभासम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार माघ २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा भाग लिन पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्