काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३० प्रतिशत नगद लाभांश पाउने भएका छन् । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई ३० प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय गरेको हो ।
कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरण र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि लगानीकर्तामा वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्