काठमाडौं। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले साना किसान कृषि सहकारी संस्थाको नाममा रहेको २० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर प्रतिकित्ता ३ सय रुपैयाँका दरले लिलामी मार्फत बिक्रीमा राखेको छ । सेयरधनीहरुले न्युनतम् १ हजार कित्ता र अधिकतम् ५ हजार कित्ता सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी प्रधान कार्यालय एनआइसी एशिया क्यापिटल तथा संस्थामा आवेदन दिन सक्ने छन् ।
साथै, तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट खरिद नभएमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाइै बिक्री प्रकृया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्