Shikhar Insurance
National Life

लाभांश प्रस्ताव पारित गर्न शिखर इन्स्योरेन्सले बोलायो फागुन १३ गते साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ माघ २२, मंगलवार १०:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण ससभा बोलाएको छ । कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको निर्ण अनुसार सभा फागुन १३ गते कम्पनीको केन्द्रीय कार्यालय शिखर विज सेन्टर, थापाथली काठमाडौंमा बिहान ११ बजे बस्ने आव्हान गरेको हो ।

सभामा कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल गर्नेछन् ।

सभामा आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

साथै, साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३० गतेदेखि फागुन १३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसअनुसार माघ २९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्