Shikhar Insurance
National Life

९० ऋणीले तिरेनन् एनआईसी एशिया बैंकको साढे ६९ करोड, को-कस्ले तिरेनन्? (सूचिसहित)

रोशनी तामाङ
२०८१ माघ २२, मंगलवार ०८:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । ऋण असुली न्यायाधिकरणमा मुद्दा दर्ताको चाप बढ्दै गएको छ । चालू आर्थिक वर्षको ६ महिनामै बैंकहरुले ऋणीहरुबाट अर्बौँ रुपैयाँ  ऋण उठाउन नसकेको भन्दै बैंकहरु मुद्दामा गैरहेका छन् ।

न्यायाधिकरणको तथ्यांक अनुसार चालु आवको साउन महिनादेखि पुससम्ममा बैंकहरुले ५ अर्ब १ करोड ९६ लाख रुपैयाँ ऋण उठाउन बाँकी छ । हालसम्म ऋण असुली न्यायाधिकरणमा ८३३ वटा मुद्दा दर्ता भइसकेका छन् भने ६ सय ६४ वटा मुद्दाको निर्णय हुन बाँकी छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

न्यायाधिकरणका अनुसार ऋण असुलीका लागि सबैभन्दा बढी एनआईसी एशिया बैंकले मुद्दा दायर गरेको छ । चालु आवको ६ महिनामा मात्रै बैंकले ६९ करोड ४५ लाख १६ हजार रुपैयाँ ऋण असुल गर्न माग गर्दै ९० वटा मुद्दा दायर गरेको छ ।

बैंकले गिल्ट ट्राभल्स एण्ड टुर्स प्रालिसँग १ करोड ६३ लाख रुपैयाँ, शिवांश विल्डिङ्ग मेटेरियलका प्रो डिल्ली रामण न्यौपानेसँग २ करोड ८५ लाख रुपैयाँ, सगुन किराना स्टोरका प्रो सरस्वती प्रधानसँग ३ करोड ३७ लाख रुपैयाँ, गौतम इन्टरप्राइजेज फर्मका प्रो गौतम साहसँग २ करोड ४६ लाख रुपैयाँसहित ९० कम्पनीसँग करोडौँ रकम असुल गर्न बाँकी छ ।

यस्तै, फाष्ट मुभर्स प्राली, पुरुषोत्तम वाग्ले, सुदिप वाग्ले, चित्र कुमार विक, बाग्मति मल्टिपर्पोज ट्रेडिङ प्राली, मेडिकल फर्मा प्राली,  ददिराम सुवेदी लगायतले ऋण नतिरेका हुन् । बैंक स्रोतका अनुसार पटक-पटक ताकेता गर्दा पनि ऋणीहरुले कर्जा तिर्न अस्वीकार गरेपछि मुद्दामा गएको हो ।

कस्तो छ एनआईसी एशिया बैंकको वित्तीय अवस्था ?

एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा १५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आव सो अवधिमा बैंकले १ अर्ब ९० करोड ३८ लाख बढी नाफा कमाएको थियो ।

पुष मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब १८ करोड ६९ लाख रुपैयाँ, वितरणयोग्य नाफा २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

जगेडा कोषमा १७ अर्ब ४१ करोड रुपैयाँ रहेको बैंकको निक्षेप संकलन ३ खर्ब १४ अर्ब ८० करोड रुपैयाँ र कर्जा लगानी २ खर्ब ६६ अर्ब २१ करोड रुपैयाँ पुगेको बैंकको वित्तीय विवरणले देखाएको छ।

पुष मसान्तसम्मको अवधिमा बैंकको प्रतिसेयर आम्दानी २.०४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९८.९२ प्रतिशत र मूल्य आम्दानी अनुपात १८५.११ प्रतिशत रहेको छ भने बैंकका खराब कर्जा ४.६१ प्रतिशत पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले ऋणी असुली गर्न नसक्दा ऋण असुली न्यायाधिकरणमा मुद्दाको चाप बढेको हो ।

यी हुन् बैंकको कर्जा नतिर्ने ऋणिहरु

GBIME

प्रतिक्रिया दिनुहोस्