Shikhar Insurance
National Life

सरकारले उच्च प्राथमिकता दिएर निजगढ विमानस्थल बनाउनुपर्छ : मन्त्री पाण्डे

सिंहदरबार संवाददाता
२०८१ माघ २१, सोमबार १८:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले निजगढ विमानस्थललाई सरकारले उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताएका छन् । सोमबार सरोकार दर्पणको लोकर्पण विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

निजगढ विमानस्थल ठूलो महत्त्वको विमानस्थल रहेको भन्दै निजगढ विमानस्थल बनाउनसके संसारलाई देखाउन मिल्ने खालको हुने जानकारी दिए । उनले निजगढ विमानस्थल बनाउन विभिन्न बाधाहरु रहेको भन्दै मास्टरप्लानअनुसार विमानस्थल बनाउनुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले निजगढ विमानस्थल नबनि फास्टट्रयाको पूर्णता नहुने उल्लेख गरेका छन् । महत्त्वकांक्षाको चाङ नेपालको नेतृत्व कर्ताहरुसँग रहेको भएपनि पूरा गर्न कठिनाइ रहेको बताए । उनले मध्य पहाडी राजमार्गमा १० वटा स्मार्ट सिटी बनाउने भनेर अघि बढाएको परिकल्पना अहिलेसम्म ५४ वटा पुगेको तर सम्पन्न गर्न कठिन रहेको बताए । मन्त्री पाण्डेले विकास र पुरातत्व, वन क्षेत्र जोगाउने कुराको सन्तुलन मिलाउनुपर्ने जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्