काठमाण्डौं । लामिनार टाईल्स्को उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले नेपाली सर्वसाधारणको लागि प्राथमिक सेयर निष्कासन गर्ने घोषणा गरेको छ । सेयर निष्कासन कार्यका लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हाे ।
कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँडसम्बन्धी निर्देशिकाहरुमा भएको व्यवस्थाबमोजिम नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी आउँदो ६ महिनाभित्र आइपीओ जारी गर्ने लक्ष्य राखेको जानकारी दिए । गत साता भएको सो सम्झौतामा लुम्बिनी सेरामिक्स लिमिटेडको तर्फबाट कम्पनीका संचालक श्याम सुन्दर खेतान तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेको छन् ।
लामिनार टायल्सलाई शतप्रतिशत भिट्रिफाइड टायल्स ब्रान्डका रूपमा बजारमा व्यापक रूपमा रुचाईएको छ,” कम्पनीका अध्यक्ष सुब्रत धितालले भने ‘हामीलाई विश्वास छ कि यो आईपीओले हाम्रो व्यवसाय विस्तारलाई थप गति दिनेछ । गुणस्तर र नवीनतामा निरन्तर सुधार गर्दै, औद्योगिक व्यवस्थापनलाई सुदृढ बनाउने हाम्रो यात्रामा यो एउटा महत्त्वपूर्ण कोशेढुंगा सावित हुनेछ ।’
उत्पादनमार्फत नेपाली उपभोक्ताहरुका लागि अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड पूरा गर्ने, विविध विकल्पहरु प्रदान गर्ने र उच्च गुणस्तरको टाईल्स्हरु उपलब्ध गराउने मुख्य उद्देश्यका साथ कम्पनीले गत वर्षदेखि संचालन थालेको हो । बर्दियाको गुलरियास्थित साँढे १२ बिगाह जमिनमा फैलिएको यूरोपेली गुणस्तरको अत्याधुनिक प्रविधीयुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्स्को उत्पादन भइरहेको छ ।
करिब ९९।९२ प्रतिशतसम्मको वाटर प्रुफ लेमिनार टायल्स् उच्चस्तरीय उत्पादनको प्रक्रिया र कच्चा पदार्थको प्रयोगको कारण सेरामिक लगायत अन्य टायलको तुलनामा तीन गुणासम्म बढी टिकाउ क्षमताका छन् ।
प्रतिक्रिया दिनुहोस्