Shikhar Insurance
National Life

सरकार ज्येष्ठ नागरिकको महत्त्वप्रति सचेत छ: उपप्रधानमन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०८१ माघ २१, सोमबार १२:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार ज्येष्ठ नागरिकको महत्त्वप्रति सचेत रहेको बताएका छन् । सोमबार रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्र रुपन्देहीको दिवा सेवाको लागि अत्याधुनिक भवनको शिलान्यास गर्दै यस्तो बताएका हुन् ।

उनले सरकार ज्येष्ठ नागरिकप्रति, ज्येष्ठ नागरिकको महत्त्वप्रति सचेत रहेको बताए । उनले अहिलेसम्म ज्येष्ठ नागरिकका निम्ति गरेका कुराहरु पर्याप्त नरहेको र अझै धेरै गर्न चाहेको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सोचेर मात्रै नहुने भन्दै त्यसलाई पूरा गर्न परिस्थितिले साथ दिनुपर्ने बताए । उनले ज्येष्ठ नागरिकको आशिर्वादले देश विकासमा अघि बढ्ने प्रतिवद्धता जनाए । उपप्रधानमन्त्री पौडेलले ज्येष्ठ नागरिकको महत्त्वप्रति दृढतापूर्वक उभिने प्रतिवद्धता जनाए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्