Shikhar Insurance
National Life

मनकामना स्मार्टको आईपीओ परे/नपरेको भोलि थाहा हुने

सिंहदरबार संवाददाता
२०७८ असार २७, आईतवार १४:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड सोमबार (भोलि) हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड भोलि बिहान ९ बजे हुने जनाएको हो ।

मनकामना स्मार्टको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार गोलाप्रथामार्फत सेयर बाँडफाँड हुँदैछ । गत असार १७ देखि २१ सम्म बिक्री खुला गरिएको आइपीओमा २० लाख ५९ हजारको आवेदन परेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले जारी गरेको ३ लाख ८९ हजार कित्ता साधारण सेयरमध्ये ६ हजार ५८ कित्ता कर्मचारी र १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकीमा सर्वसाधारणले आवेदन दिएका हुन् । जसअनुसार ३६ हजार ३ सय ४९ जना सर्वसाधारणले १०–१० कित्ता पाउने छन् भने बाँकी २ जना आवेदकले भने ११–११ कित्ता सेयर पाउने छन् ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्