काठमाडौं । चालु वर्षको ६ महिनामा वैदेशिक मुद्रा संचिति १६ अर्ब ८४ करोड अमेरिकी डलर पुगेको छ । डलर संचिति गतवर्षको तुलनामा १०.३ प्रतिशतले वृद्धि भएको हो ।
२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भई २०८१ पुस मसान्तमा २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ पुस मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको हो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ पुस मसान्तमा १२.१ प्रतिशतले वृद्धि भई २० खर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ पुस मसान्तमा २७ प्रतिशतले वृद्धि भई २ खर्ब ४४ अर्ब ५० करोड कायम भएको छ ।
२०८१ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१/०८२ को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।
यस्तो छ देशको आर्थिक अवस्था
वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्गमा आधारित मुद्रास्फीति ५. ४१ प्रतिशत रहेको छ । आयात ७१ प्रतिशतले र निर्यात ३१.८ प्रतिशतले बढेको छ ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.१ प्रतिशतले र अमेरिकी डलरमा १.१ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.२४९ अर्ज २६ करोडले बचतमा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्व ८४ करोड पुगेको छ । नेपाल सरकारको खर्च रु.६६७ अर्व ६० करोड र राजस्व परिचालन रु.५५९ अर्व ६१ करोड रहेको छ ।
विस्तृत मुद्राप्रदाय ३.९ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १०२ प्रतिशतले बढेको छ ।बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.२ प्रतिशतले पढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७० प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्