Shikhar Insurance
National Life

‘गेम चेन्जर नेक्शन केथ्री’ इभीको बुकिङ खुला, मूल्य ४८.९९ लाख रुपैयाँ

सिंहदरबार संवाददाता
२०८१ माघ २०, आईतवार १६:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालीले नेक्शन केथ्री (nexon k3) इभी सार्वजनिक गरेको छ । कम्पनीले आइतबार गेम चेन्जर नेक्शन केथ्री इभीको बुकिङ सुरु गरेको हो । गाडी बुकिङ गरेको १० दिनभित्र नै गाडी डेलिभरी दिनेगरी कम्पनीले बुकिङ खुलाएको हो । नेक्शन इभीमा भन्दा नेक्शन केथ्रीमा विभिन्न परिवर्तन गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

टाटाले केथ्रीलाई पानोरोमिक रुफटप दिएको छ । यसले गाडीलाई थप स्टाइलिस देखाएको छ । कम्पनीले गाडीको मूल्य ४८.९९ लाख रुपैयाँ राखेको छ । इभी सेग्मेन्टको एसयुभीमा प्रतिस्पर्धात्मक मूल्य राखेको हो ।

कारमा ९८ किलोवाट क्षमताको ब्याट्री रहेको छ । १९० मिलिमिटर ग्राउण्ड क्लिएरेन्स छ । जसले अफरोड ड्राइभलाई समेत सहज बनाउने कम्पनीको विस्वास छ । गाडीमा ३६० डिग्रीको क्यामेरा दिएको छ । यस्तै ३६० लिटर क्षमताको बुटस्पेस दिएको छ ।

कम्पनीले सुरक्षित फ्यामेली कार रहेको दाबी गरेको छ । यो कारले ५ स्टार सुरक्षा रेटिङ भारत एनसीएपी पारेको छ । कम्पनीको नेक्सन इभी निकै रुचाइएको ब्राण्ड बनेको थियो । सुरुवाती दिनमा कम्पनीले नेक्शन इभीको माग धेरै बढ्दा लामो समय कुराएर मात्रै गाडी डेलिभरी दिने गरेको थियो ।

सोहि मोडलमा परिवर्तन गरी कम्पनीले नेक्शन केथ्री ल्याएको हो । जसको स्लोगन कम्पनीले ‘नेक्शन केथ्री गेभ चेन्जर’ इभी राखेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्