काठमाडौं । सरकार परिवर्तन हुने हल्लाले घटेकाे बजार लयमा फर्किएकाे छ । शुक्रबार माघ १८ गते प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने र बनाउने खेल सकिएको बताएपछि लगानीकर्ताहरुमा आत्माविस्वास बढेको हो ।
प्रमुख प्रतिपक्षि दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकार केही दिनमा ढल्ने भन्दै भाषण गरेपछि बजार २६ सयको बिन्दुमा आएको थियो । शुक्रबार प्रतिनिधि सभामा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले ०८४ सम्म सरकार नढल्ने भनेपछि बजारले लय समातेको छ । बजारमा तरलता बढी भएपछि राष्ट्र बैंकले धमाधम पैसा उठाइ रहेको छ ।
अघिल्लो साता २६५७.७७ को बिन्दुमा रहेको बजार यो साता भने २७२७.५८ को बिन्दुमा पुगेर बन्द भएको छ ।
साताको पहिलो कारोबार दिन सेयर बजार ६९.८० अंकले बढेको छ । आइतबार ३३० कम्पनीको २ अर्ब ४८ करोड ४८ लाख ७९ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १ सय ३६ रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो साता मंगलबार ९ अर्ब बढीको कारोबार भएको थियो ।
आइतबार सबै उपसूचकहरु हरिययाली भएका छन् । आइतबार २०२ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आइतबार एनआरएन इन्फ्रष्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४१ करोड ९७ लाख रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको सेयर १ हजार ३ सय ८९ रुपैयाँ रहेको छ ।
साथै, आज ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामुदायीक लघुवित्तको सेयर मूलयमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्