Shikhar Insurance
National Life

सिमसार क्षेत्रको संरक्षणका लागि सरकार प्रतिवद्ध छ: वनमन्त्री ठकुरी

सिंहदरबार संवाददाता
२०८१ माघ २०, आईतवार १३:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले ‘भविष्यका लागि सिमसार संरक्षण’ भन्ने नाराका साथ आइतबार विश्व सिमसार दिवस मनाएको छ । सिमसार क्षेत्रको संरक्षणका लागि जनचेतना बढाउन तथा संरक्षण र प्रवर्द्धन गर्नको लागि वन तथा वातावरण मन्त्रालयले एक समारोहका बीच सिमसार दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सिमसार क्षेत्र पारिस्थिति प्रणालीको हिसावले महत्त्वपूर्ण क्षेत्र भएको बताए । उनले नेपालका सयौं तालतलैयाहरु सिमसार र रामसार क्षेत्रमा पर्ने भएकाले तिनको संरक्षण र प्रवर्द्धन गर्न जरुरी रहेको बताउँदै सिमसार क्षेत्रको संरक्षणका लागि सरकार प्रतिवद्ध रहेको समेत जनाए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सिमसार क्षेत्रको संरक्षण्मा समयमै ध्यान पुर्‍याउन नसके भविष्यमा ठूलो समस्या सिर्जना हुने बताउँदै भने, ‘सिमसारको रुपमा नेपाल अत्यन्तै महत्त्वपूर्ण क्षेत्र मानिँदै आएको छ । नेपालको हिमाल, पहाड र तराईमा सिमसारका महत्त्वपूर्ण क्षेत्रहरु छन् । म आफैँ पनि मुगु जिल्ला र विशेषगरी रारा ताल सिमसार र रामसार क्षेत्रमा सूचिकृत भएको छ । सिमसार क्षेत्रको संरक्षण र प्रवर्द्धन हामी गर्नसक्छौं । सिमसारसँग जोडिएका विभिन्न पारिस्थितिय प्रणालीहरु र सबै पक्षहरुको संरक्षण जरुरी छ ।’

उनले सिमसार क्षेत्रको संरक्षणका लागि सबैले सहकार्य गर्दै अगाडि बढ्न जरुरी रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्