काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीहरुले रित पूर्वक गरिएको भुक्तानीको दावी पूरा भएको जानकारी दिएका छन् । उनले आज (माघ २० गते) महिला आर्थिक पत्रकार संघ (फेजा) को दोस्रो वार्षिक साधारण सभामा बोल्दै यस्तो जानकारी दिएका हुन् ।
उनले निर्माण व्यवसायीहरुको भुक्तानी गत वर्षको भुक्तानी एउटा उल्लेखनीय आकारमा सिर्जित भुक्तानी रहेको जनाए ।
‘यो सरकार बन्दा नै गत वर्षको भुक्तानी सहित सरकारको काधमा थियो । गत वर्ष भुक्तानी हुनु पर्ने रकम यो वर्ष सरेर आएको थियो । त्यसैले भुक्तानी दायित्व व्यवस्थापन गर्ने शिलशिलामा सरकार लगायत सम्बन्धीत मन्त्रालयले यसमा गृह कार्य गरेको हो’ उनले थपे ‘कानुन सम्बद्ध दावी गरेको रकम भुक्तानी हुँदै आएको छ । अहिले हामी अघिल्लो वर्षको भुक्तानी सकेर कसैले रित पूर्वक माग्छ भने उस्ले सहज ढंगले भुक्तानी पाउँने अवस्थामा आइसकेका छौँ । भुक्तानी दायित्वको विषय हिजोको प्रशंग थियो । त्यो दायित्वबाट सरकार बाहिर आइसकेको छ ।’
उनले अर्थतन्त्रका वाह्य सुचकहरु सकारात्मक रहेको भएपनि आन्तरिक रुपमा सन्तोषजनक प्रगति गर्न नसकेकाको बताएका छन् । उनले भने, ‘लामो समयदेखि मुलुकको अर्थतन्त्र दबाबमा छ । यदि राष्ट्र बैंकले एम्पोर्ट रेसिक्सन नगरेको भए अर्थतन्त्रका वाह्य सूचकहरु पनि नकारात्मक हुन्थ्यो । तर जति बेलासम्म एम्पोर्ट रेसिक्सन थियो । त्यति बेला रेसिक्सन गरेका कम्युनिटीहरु मार्केटमा अभाव थिएन । रेसिक्सनको इम्प्याक्टको बारेमा विश्लेषण गर्नका निम्ति यो तथ्यलाई ख्याल गर्नु पर्ने हुन्छ ।’
अर्थमन्त्री पौडेलले पुँजीगत खर्च किन र कसरी हुन्छ भन्ने कुरामा प्रवेश गर्नुपर्ने बताउँदै सार्वजनिक खरिद ऐन, वातावरण ऐेन, वन ऐन त्यस्ता विषयमा सामुहिक सुधार गरेर पुँजीगत खर्चको सामथ्र्यलाई बढाउँनु पर्नेमा जोड दिए । उनले पुँजीगत खर्च गत वर्षभन्दा सुधार आएको उल्लेख गरे ।
उनले रियल स्टेटका सन्दर्भमा बैंकको लेन्डिङको महत्त्वपूर्ण हिसाब यो सेकटरमा लगानी भएको छ भन्ने कुरा सत्य भएको स्वीकार गरेका छन् । यो चलायमान हुन नसक्दा त्यसको इम्प्याक्ट पूरै अर्थतन्त्रमा परिरहेको उल्लेख गर्दै घरजग्गाका कारोबारीहरु तथा व्यवसायीहरुलाई मात्रै धारे हात लगाएर गाली गरेर जिम्मेवारी पूरा नहुने बताए ।
प्रतिक्रिया दिनुहोस्