Shikhar Insurance
National Life

नेको इन्स्याेरेन्सले फागुन ८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने

सिंहदरबार संवाददाता
२०८१ माघ २०, आईतवार ११:११
Hyundai
NCELL
NIMB

काठमाडौं ।  नेको इन्स्याेरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ४:१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । उक्त हकप्रद सेयरको लागि यसले माघ १८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, त्यसभन्दा अघिसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । हकप्रद सेयरमा लगानीकर्ताले फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसको हकप्रद सेयरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । यस हकप्रदमा बिक्री प्रबन्धक सानिमा क्यापिटल नक्साल काठमाडौं र नेको इन्सुरेन्सको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्ने कम्पनीले एक् सूचनामार्फत जानकारी दिएकाे छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्