Shikhar Insurance
National Life

काठमाण्डू माभरिक्सलाई हराउँदै जनकपुर नाइट्सले जित्यो एनकेएलको उपाधि

सिंहदरबार संवाददाता
२०८१ माघ १९, शनिबार १८:५१
Hyundai
NCELL
NIMB

काठमाडौँ । फ्रेन्चाइज टिमको अवधारणमा पहिलोपल्ट आयोजित नेपाल कबड्डी लिग (एनकेएल)को उपाधि जनकपुर नाइट्सले जितेको छ । त्रिपुरेश्वोरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनल खेलमा जनकपुरले काठमाण्डू माभरिक्सलाई ४५–४१ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

यसअघि जनकपुर २३ अङ्कसहित लिग चरणमा शीर्षस्थानमा रहँदै क्वालिफायरमा पुगेको थियो । उसले लिग चरणमा चार खेल जित्दा काठमाण्डूसँग बराबरी खेलेको थियो । पहिलो क्वालिफायरमा विराटनगर ब्यान्डिट्सलाई ३४–३२ ले हराउँदै फाइनलमा पुगेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उपाधिसँगै जनकपुरले रू पाँच लाख प्राप्त गरेको छभने दोस्रो स्थानमा चित्त बुझाएको काठमाण्डूले रू दुई लाख प्राप्त गरेको छ । पहिलोपटक भएको फ्रेन्चाइज कबड्डी लिगमा कुल छ टिमको सहभागिता रहेको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्