Shikhar Insurance
National Life

‘संविधानका आधारभुत विशेषता कमजोर हुनु हुँदैन’ देउवा

सिंहदरबार संवाददाता
२०८१ माघ १८, शुक्रबार १६:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशिता लगायतका संविधानका आधारभुत विशेषता कमजोर हुनु नहुने बताएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।

उनले संविधान प्रारम्भ भएको दश वर्ष भइसकेको र दश वर्षको अवधिमा संविधानको अभ्यासको समीक्षा गर्ने, संविधान कार्यान्वयनमा देखापरेका सबल र दुर्बल पक्षको अध्ययन र पहिचान गर्ने र आवश्यकताअनुसार संविधान संशोधन वा परिमार्जन गर्नुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले राजनीतिक दलहरूका बीचमा सहमतिका आधारमा संविधान संशोधन हुनुपर्ने बताउँदै लोकतन्त्रमा आवश्यक राजनीतिक अधिकारको उपभोग गरिरहेको भएपनि तर आर्थिक अवस्था सुदृढ हुन नसकेको उल्लेख गरे ।

देशको आर्थिक अवस्था उकास्न जरुरी रहेको बताउँदै भने, ‘वर्तमान संविधान प्रारम्भ भएको दश वर्ष भइसकेको छ । दश वर्षको अवधिमा संविधानको अभ्यासको समीक्षा गर्ने, संविधान कार्यान्वयनमा देखापरेका सबल र दुर्बल पक्षको अध्ययन र पहिचान गर्ने र आवश्यकताअनुसार संविधान संशोधन वा परिमार्जन गर्नुपर्दछ । संविधान संशोधनको कुरा गर्दा हामी केही विषयमा स्पष्ट हुन आवश्यक छ । संविधान संशोधन गर्दा बहुलवादमा आधारित बहुदलीय प्रतिष्पर्धा सहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशिता लगायतका संविधानका आधारभुत विशेषता कमजोर हुनु हुँदैन ।’

‘राजनीतिक दलहरूका बीचमा सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्दछ । यस बारेमा हामीले छलफल प्रारम्भ गरी सकेका छौं । हामीले अन्य राजनीतिक दलहरूसँग पनि संवाद, सहमति र सहकार्यका साथ अगाडी बढ्नु पर्दछ । मुलुकको समग्र विकासका लागि लोकतन्त्रको सुनिश्चितता र सुदृण अर्थतन्त्र आवश्यक हुन्छ । हामी लोकतन्त्रमा आवश्यक राजनीतिक अधिकारको उपभोग त गरिरहेको छौं तर आर्थिक अवस्था सुदृढ हुन सकेको छैन’ उनले बताए ।

सभापति देउवाले लोकतन्त्रको आधारभुत मान्यता विधिको शासन भएको उल्लेख गर्दै कानून निर्माणको थलो संसद भएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्